काठमाडौं । सशस्त्र प्रहरीले साढे २ लाख रुपैयाँ बढीको प्रतिबन्धित औषधि बरामद गरेको छ।
सुनसरीस्थित सशस्त्र प्रहरी बलको बिओपी घुस्कीले शनिबार राति वेवारिसे अवस्थामा रहेको २ लाख ५९ हजार ११४ रुपैयाँको ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुललाई आबश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ।