नेभिगेशन
सुरक्षा विशेष

सुरक्षाखबरको प्रथम बार्षिकोत्सवमा सुरक्षा निकायका अधिकारीदेखि जवानसम्म सम्मानित

नेपालगन्ज । सुरक्षाखबर प्रालिको प्रथम वार्षिकोत्सवको अवसरमा आज उत्कृष्ट कार्य गर्ने सुरक्षा निकायका अधिकृतदेखि जवानसम्मलाई कदरपत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा कपिलवस्तुका तत्कालीन प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डे (हाल काठमाडौं), सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश कुमार खड्का (हाल बारा), सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र बहादुर शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक प्रविण डिसी, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी सहायक निरीक्षक नवीन कुमार शाही लगायतलाई कदरपत्रले सम्मान गरिएको हो । यसैगरी, शम्शेरगन्जस्थित सशस्त्र प्रहरी बलका गोताखोरहरू मोहन बिष्ट, रोशन केसी, प्रमेश्वर थारुलाई जल उद्धार तथा विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्य गरेबापत ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द कुमार पोखरेल र प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बमलाई पनि सम्मान गरिएको छ । साथै, बर्दियाका प्रहरी सहायक निरीक्षक लक्ष्मण अधिकारी र सहायक हवल्दार पूर्ण बिसीलाई पनि सम्मान प्रदान गरिएको हो। कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले सुरक्षा निकाय र सञ्चार क्षेत्रबीचको सहकार्य अझ मजबुत हुनुपर्ने बताए । उनले शान्ति, सुरक्षा र सुशासन कायम गर्न सुरक्षाकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

आज नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम, रुद्र सुवेदी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बाँकेका एसपी शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान बाँके प्रमुख हरिश बिष्ट, बाँके ट्राफिक प्रमुख कनक शाही, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द आचार्य, बाँकेका पूर्व अध्यक्ष झलक गैर लगायत पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

 

कार्यक्रमले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र सञ्चार तथा सुरक्षा निकायबीच सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिएको सहभागीहरुले बताएका थिए । सुरक्षाखबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम संचालन विनोद गौतमले गरेका थिए । वार्षिकोत्सबमा सम्मानित भएका सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बाँकेको राप्तीसोनारीस्थित जयबागेश्वरी बाल संरक्षण केन्द्रलाई रु.१० हजार सहयोग गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्