नेभिगेशन
सुरक्षा विशेष

आगलागीबाट क्षति व्यहोरेका व्यवसायीलाई नेपालगन्जका डा. युवराज कार्कीको १० हजार ५ रुपैयाँ सहयोग

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स तथा जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा भएको भीषण आगलागीबाट क्षति व्यहोरेका व्यवसायीलाई नेपालगन्जका एक डाक्टरले आर्थिक सहयोग गरेका छन् ।

अमर वली क्षेत्रीले सन्चालन गरेको दुवै फर्ममा गरी प्रारम्भिक अनुमानअनुसार ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। आइतबार साँझ लक्ष्मीपूजाको साँझ करिब ६ बजे वलीले सञ्चालन गर्दै आएका एकै स्थानमा रहेका दुवै फर्ममा विद्युत्को तार सर्ट भएर आगलागी भएको थियो।

बिजुलीका सामानको ठूलो गोदामसमेत रहेकाले आगलागीबाट पसल, गोदाम तथा कार्यालय पूर्ण रूपमा नष्ट भएका थिए । ठूलो आर्थिक क्षतिसँगै व्यवसाय पुनः सञ्चालन गर्न कठिन परिस्थिति सिर्जना भएपछि व्यवसायीले सहयोगका लागि अपिल गरेका थिए ।

यसैबीच, नेपालगन्ज मेडिकल कलेज तथा संजीवनी मेडिकल कलेजमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. युवराज कार्कीले पीडित व्यवसायीलाई आज १० हजार ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन ।

संकटको यस घडीमा डा. कार्कीले गरेको आर्थिक सहयोगले व्यवसाय पुनः सञ्चालनका लागि हौसला र ऊर्जा मिलेको व्यवसायीले बताएका छन् । डा. कार्कीले आगामी दिनमा पनि व्यवसायीलाई थप सहयोग आवश्यक परे आफू सहयोगका लागि तयार रहेको बताएका छन् ।

लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स तथा जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्स परिवारले मानवीय भावना र सहयोगप्रति डा. कार्कीलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि यस्तै माया, सद्भाव र साथ निरन्तर प्राप्त हुने अपेक्षा गर्दै उनको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।


 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्