नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेको हुलासपुरबाट ६० हजार रुपैयाँका पटाका बरामद, खाल्डोमा गाडेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–६ स्थित हुलासपुरबाट करिब ६० हजार रुपैयाँ मूल्यका पटाका बरामद गरिएको छ ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा आज बिहान सशस्त्र प्रहरीले उक्त पटाका बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी गंगापुरबाट इन्स्पेक्टर अमृत दुलालको कमान्डमा खटिएको टोलीले पटाका बरामद गरेको जनाएको छ।

बरामद गरिएका पटाका आजै इन्स्पेक्टर दुलाल, नेपाल प्रहरी, जनप्रतिनिधि तथा पत्रकारलगायतको उपस्थितिमा आज खाल्डो खनेर गाड्दै नष्ट गरिएको छ ।

सीमावर्ती क्षेत्रमा भारतबाट लुकिछिपी पटाका भित्र्याउने गतिविधि हुन सक्ने भन्दै सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्