नेभिगेशन
अदालत

आईजीपीबाट हटाइएका कार्कीको पुनर्बहाली मागसहितको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।

कार्कीले बिहीबार सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भए पनि त्यसको सुनुवाइका लागि भने पेसी तोकिएको छैन।

सरकारले आफूलाई कुनै सुनुवाइको अवसर नदिई पर्याप्त आधार र कारणबिनै प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको कार्कीको जिकिर छ। आफूलाई पदबाट हटाउने निर्णय गैरकानुनी रहेको दाबी गर्दै उनले पुनर्बहालीको माग गरेका हुन्।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयपछि डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्