नेभिगेशन
नेपाल प्रहरी

प्रहरी प्रमुखबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च अदालत

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले बुधबार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय चित्त नबुझेपछि कार्कीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिसम्बन्धी सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको पुष्टि गरेका छन् ।

सरकारको निर्णयअनुसार नवनियुक्त आईजीपी डा. केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन् । कार्कीले दायर गरेको रिट भने सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्