नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा लापसे गरेर सवारी चलाउने ११ चालक पक्राउ

नेपालगन्ज । बाँकेमा लागूपदार्थ ९लापसे० सेवन गरेर सवारी साधन चलाउने ११ जना चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, प्रहरी बिट राँझा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जको संयुक्त प्रहरी टोलीले २७ वटा सवारी साधनका चालकको लागू पदार्थ सेवन परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा ११ जना चालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका चालकलाई लागूऔषध सेवनसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्