नेभिगेशन
नेपाल प्रहरी

बर्दिया र दाङबाट ८२ ग्रामबढी ब्राउन सुगरसहित ५ जना पक्राउ, मोटरसाइकल र लाखौं नगदसमेत बरामद

नेपालगन्ज । बर्दिया र दाङका विभिन्न स्थानबाट  ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ८२ ग्राम ५४० मिलिग्राम पदार्थ, नगद २ लाख ७७५ रुपैयाँ र एउटा मोटरसाइकल बरामद गरेको छ।

बर्दियाको बाँसगढी नगरपालिका–३ उत्तर भकारी गाउँबाट २ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित २८ वर्षीय मंगल थारू र २५ वर्षीय निराजन थारू पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको लु-प्र-०३–००१ प ८८० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, बर्दियाकै गुलरिया नगरपालिका–८ कोठिया गाउँस्थित २५ वर्षीय दिपेश सिंह थारूको घर तलासी गर्दा १ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थसहित दिपेश र अर्का एक जनालाई बर्दिया  प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–८ शान्ति टोलबाट ७८ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर र २ लाख ७७५ रुपैयाँ नगदसहित घोराही–९ का ३१ वर्षीय गोविन्द खड्का पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङसहितबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुई जिल्लाका घटनाबारे सम्बन्धित प्रहरी कार्यालय थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्