नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेबाट २० लाख बढीको अवैध सामान बरामद, दुई अटोरिक्सा पनि सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका २० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बाँकेमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाईबाट खटिएको टोलीले कात्तिक ८ र ९ गते विभिन्न स्थानबाट उक्त सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानको कुल मूल्य २० लाख ६८ हजार ११० रुपैयाँ रहेको छ । सशस्त्र प्रहरीले लत्ताकपडा, किराना सामग्री, मोबाइल पार्ट्स, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, तरकारी, खाद्यान्नसहित दुईवटा अटोरिक्सा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्