नेभिगेशन
सशस्त्र प्रहरी

१५२ एम्पुल फेनारगनसहित एक युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषध फेनारगन १५२ एम्पुलसहित एक युवक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलको टोलीले दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नजिक नेपाल–भारत सीमा क्षेत्रबाट भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिएको पाँच सदस्यीय टोलीले भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका दमाइलाई शङ्काका आधारमा जाँच गरेको थियो। सो क्रममा उनले बोकेको हाते झोलाबाट फेनारगनका १५२ एम्पुल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका युवकलाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्