नेभिगेशन
नेपाल प्रहरी

किशोरीमाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भई उदयपुरको कटारी नगरपालिका–२ मझुवामा बसोबास गर्दै आएका २१ वर्षीय सुशिल खड्का रहेका छन् । उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका युवकविरुद्धको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्