नेभिगेशन
ट्राफिक प्रहरी

बाँकेमा १०५ सवारी दुर्घटना, ६ जनाको मृत्यु

नेपालगन्ज । बाँके जिल्लामा गत असोज महिनामा भएका १०५ वटा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीका अनुसार  असोज महिनामा भएका दुर्घटनामा १९ जना गम्भीर र १३८ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा १५८ वटा सवारीसाधन संलग्न रहेको उल्लेख छ ।

दुर्घटनाका कारण विश्लेषण गर्दा तीव्र गतिका कारण ९७, मादक पदार्थ सेवन (मापसे) का कारण ७, यान्त्रिक खराबीका कारण १ र अन्य कारणले १ वटा सवारीसाधन दुर्घटना भएको ट्राफिक प्रहरीले  जनाएको छ।

यसैगरी, चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट १ हजार ८०४ वटा सवारीसाधनमाथि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ। उक्त कारबाहीबाट १४ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्