नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले जोखिम मोलेर हात हल्लाउँदै सवारीसाधन नियन्त्रण गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ: आईजीपी कार्की 

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिमा आधारित बनाउनुपर्ने बताएका छन् । उनले सडकको बीचमा उभिएर हात हल्लाउँदै सवारीसाधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभीलगायत प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ,’ उनले भने । 

उनका अनुसार एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क र पार्किङ स्टेसनको व्यवस्थापनमा पनि सुधार आवश्यक छ । समग्र ट्राफिक प्रणालीलाई व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्