नेभिगेशन
नेपाली सेना

उपरथी पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाको उपरथी (मेजर जनरल) मा पदोन्नति भएका पूर्णबहादुर खत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

खत्री सहायक रथीबाट उपरथी दर्जामा बढुवा भएका हुन् । उनलाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्