नेभिगेशन
नेपाल प्रहरी

हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ, ३१२ ग्राम खैरो हेरोइन बरामद

काठमाडौँ । सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद भएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट भारतीय नागरिक ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास पक्राउ परेका हुन्।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारतबाट मोटरसाइकलमा खैरो हेरोइन बोकेर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागुऔषध र मोटरसाइकलसम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्