नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी प्रमुख पौडेलद्वारा सशस्त्र प्रहरी कर्मचारीलाई विजयादशमीको टीका (फोटोफिचर)

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनबीच विजयादशमीको टीका तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ।

स्वयम्भूस्थित ‘शरद भवन’मा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालक प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीलाई विजयादशमीको टीका तथा प्रसाद प्रदान गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्षले समेत टीका तथा प्रसाद वितरण गरेकी थिइन्। कार्यक्रममा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनको उपस्थिति रहेको थियो।

विजयादशमीको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले एकअर्कालाई टीका तथा प्रसाद ग्रहण गराउँदै दसैँको शुभकामना साटासाट गरेका थिए। कार्यक्रममा बहालवाला र अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका परिवारजनबीच आत्मीयता, आपसी सद्भाव र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरसमेत जुटेको थियो।

कार्यक्रम साङ्गठनिक भ्रातृत्व, आपसी सम्मान र एकताको भावना अभिवृद्धि गर्दै सम्पन्न भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

फोटोहरु-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्