नेभिगेशन
नेपाल प्रहरी

बाँकेको नरैनापुरमा प्रहरी कर्मचारीलाई सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अनुशिक्षण

बाँके । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँकेको  नरैनापुर गाउँपालिकास्थित भगवानपुरमा प्रहरी कर्मचारीलाई अनुशिक्षण प्रदान गरिएको छ।

इलाका प्रहरी कार्यालय भगवानपुर, बाँके तथा मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी शनिबार अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

इलाका प्रहरी कार्यालय भगवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेश कोइरालाले कार्यक्रम सञ्चालन गर्दै सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा प्रहरी कर्मचारीलाई सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा यससम्बन्धी सचेतना अभिवृद्धिका विषयमा जानकारी गराइएको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्