नेभिगेशन
सुरक्षा अपडेट

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं । ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।

रौतहटमा बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा पर्ने दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४, पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर  घाइते भएका थिए।

घाइते दुवैलाई एम्बुलेन्समार्फत उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले जवान चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्