नेभिगेशन
नेपाल प्रहरी

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

नेपालगन्ज । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन्। उनीहरूलाई आज रुकुम पश्चिमबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।

प्रहरीका अनुसार दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई डोल्पा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनीहरू गत शुक्रबार राति कारागारमा सुरुङ खनेर फरार भएका आठ जनामध्येका हुन्।

ड्युटीमा खटिएको प्रहरीले चेकजाँचका लागि जिप रोक्न संकेत गरेपछि उनीहरू भाग्न खोजेका थिए। सोही क्रममा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो।कारागारबाट फरार भएका बाँकी कैदीबन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्