नेभिगेशन
सुरक्षा अपडेट

पश्चिम दाङको हापुरेमा जिप दुर्घटना: एक जनाको मृत्यु, छ जना घाइते

दाङ । पश्चिम दाङको हापुरेमा भएको जिप दुर्घटनामा परि घोराहीका एक जनाको मृत्यु भएको छ । थप ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परि जिल्लाको घोराही उपमहानगरपालिका – १२ का ४० बर्षीय शेरमान घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्‍याउँदा चिकित्सकले चेकजाँच पछि घर्तीलाई शुक्रबार बेलुकी मृत घोषणा गरेका थिए । शुक्रबार बेलुकी पख घोराही – १२ साजखर्कबाट पश्चिम दाङको साशर खोला तर्फ जाँदै गरेको भे १ज ६०४ नम्बरको जिप आँफै अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि जिपका चालक तथा गाडी धनी घोराही – १२ का ३७ बर्षीय धमन घर्ती मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा परि घोराही – १२ का १३ बर्षीय उमेश बुढा, ६ बर्षीय बिकास बुढा, २८ बर्षीय धनबहादुर घर्ती, २५ बर्षीय मानबहादुर बुढा, तुलसीपुर उपमहानगरपालिका – १३ का ९ बर्षीय अनमोल पुन घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि घोराहीस्थित प्रतिष्ठानमा पुर्‍याइएको भएपनि सबैको अवस्था सामान्ने रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्