नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका ६० एसपीको सरुवा, बाँकेमा नवराज मल्ल (सरुवा सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको निर्णयअनुसार आज विभिन्न जिल्ला प्रहरी कार्यालय, प्रहरी परिसर तथा प्रहरी इकाइमा कार्यरत एसपीहरूको सरुवा गरिएको हो।

सरुवासँगै एक दर्जनभन्दा बढी जिल्लाको प्रहरी नेतृत्व परिवर्तन भएको छ।

सरुवाअनुसार बाँकेको जिल्ला प्रहरी प्रमुखमा एसपी नवराज मल्लको सरुवा गरिएको छ। बाँकेका एसपी अङ्गुर जिसीको साइबर ब्यूरोमा सरुवा हुँदा  मोरङमा दिलीपकुमार गिरी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ र दाङमा श्यामु अर्याललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, जिल्ला प्रहरी परिसर भक्तपुरमा रुकेश तण्डुकार र जिल्ला प्रहरी परिसर काठमाडौंमा दानबहादुर थापालाई सरुवा गरिएको छ।

प्रहरी संगठनमा नियमित हुनुपर्ने सरुवा यसपटक करिब १५ महिनापछि भएको हो। सरुवासँगै विभिन्न जिल्लाको प्रहरी नेतृत्वमा फेरबदल आएको छ। 

सरुवा सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्