नेभिगेशन
सशस्त्र प्रहरी

सीमा सुरक्षाका चुनौतीबारे बर्दियाका १७ वडाध्यक्षसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

बर्दिया । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तथा सीमावर्ती क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले सशस्त्र प्रहरीले बर्दियाका सीमावर्ती क्षेत्रका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेको छ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुसार बुधबार बर्दियाको गुलरिया नगरपालिका–८ सुरजपुरस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गण मुख्यालय बर्दियामा कार्यक्रम आयोजना गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी) दीपक अधिकारीको प्रमुख आतिथ्यता रहेको सशस्त्र प्रहरी बल नं .३१  गण बर्दियाले जनाएको छ।

कार्यक्रममा डीआईजी अधिकारी, बर्दियाका सीमावर्ती क्षेत्रका १७ जना वडाध्यक्षसहित सशस्त्र प्रहरी बर्दियाका गणपति दिनेश महत, सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बोर्डर आउट पोस्ट(बीओपी) का प्रमुख गरी ३५ जनाको सहभागिता थियो।

अन्तरक्रियाका क्रममा सीमा स्तम्भको निगरानी तथा संरक्षण, सीमावर्ती क्षेत्रका नागरिकको शान्ति सुरक्षा, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र अवैध चोरी निकासी तथा पैठारी रोकथामका विषयमा छलफल गरिएको सशस्त्र प्रहरी बर्दियाले जनाएको छ।

त्यसैगरी लागूऔषध ओसारपसार, मानव बेचबिखन, वन पैदावार तथा वन्यजन्तुको अवैध ओसारपसार, अवैध हातहतियार तथा विस्फोटक पदार्थको कारोबार नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोकथामका विषय पनि छलफलमा समेटिएका थिए। सीमा क्षेत्रमा सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने, स्थानीयवासीसँग समन्वय बढाउने तथा सीमा सुरक्षासँग सम्बन्धित गतिविधिमा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको सशस्त्र प्रहरी बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्