नेभिगेशन
सशस्त्र प्रहरी

दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक १ किलो ६०५ ग्राम सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएका एक चिनियाँ नागरिकको साथबाट १ किलो ६०५ ग्राम सुन बरामद भएको छ।सशस्त्र प्रहरी बल नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसबाट खटिएको टोलीले नियमित जाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो।

आज हिमालयन एयरलाइन्सको उडान नम्बर H9353 मार्फत दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक BINBIN LI को जाँच गर्ने क्रममा उनीसँग रहेको ज्याकेटको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

विमानस्थलको भन्सार क्षेत्रस्थित वाक थ्रु गेटमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

बरामद पदार्थसहित चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्