नेभिगेशन
सशस्त्र प्रहरी

जमुनहा नाकाबाट ३० ग्राम कस्तुरीको बिना बरामद, ४० वर्षीय शाही सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिना बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिको साथबाट करिब ३० ग्राम कस्तुरीको बिना बरामद गरिएको हो सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेले जनाएको छ।

बुधबार दिउँसो १ः१० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय जमुनाहाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा यात्रु शाखा चेकपोइन्टमा शंकास्पद लागेपछि एक व्यक्तिलाई जाँच गरेको थियो।

जाँचका क्रममा जुम्लाको हिमा गाउँपालिका–४ जार्जी निवासी ४० वर्षीय वीरेन्द्र शाहीको साथबाट करिब ३० ग्राम कस्तुरीको बिना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको कस्तुरीको बिनाको अनुमानित मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको छ। शाहीलाई बरामद सामग्रीसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाउने प्रक्रिया अघि बढाएको  सशस्त्र प्रहरी बाँकेले  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्