नेभिगेशन
नेपाल प्रहरी

१९ वर्षीया युवतीमाथि जबरजस्ती करणीको आरोपमा ३१ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणीको आरोपमा ३१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरमा १९ वर्षीया युवतीमाथि  जबरजस्ती करणी गरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा डेरा गरी बस्ने ३१ वर्षीय प्रियम यादव पक्राउ परेका हुन्।

युवतीमाथि  जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्