नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुरबाट खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१५ का २० वर्षीय सुरज थारु र २६ वर्षीय पुरुषोत्तम थारु रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई शुक्रबार  दिउँसो कोहलपुर नगरपालिका–१५ चनहवा नजिकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले शंका लागेर कानुनबमोजिम शरीर खानतलासी गर्दा सुरज थारुको साथबाट १ ग्राम ९ मिलिग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ। उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्