नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेबाट ५ लाख बढी मूल्यको अवैध जुस बरामद, दुई मोटरसाइकलसहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको केमिकल जुस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको टोलीले शनिबार राति  जानकी गाउँपालिका–२ बेलभारबाट २५० लिटर म्याङ्गो फ्लेभर्ड  केमिकल जुस नियन्त्रणमा लिएको हो।

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको उक्त जुसको अनुमानित मूल्य ५ लाख २५ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

जुस ओसारपसारमा प्रयोग गरिएका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। उक्त कार्यमा संलग्न व्यक्तिलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह, बाँकेमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्