नेभिगेशन
सशस्त्र प्रहरी

१० लाखको चक्लेट बोकेको म्याजिक भ्यान सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । पर्साको वीरगंजबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको चकलेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट पौष १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको  जानकारी दिएको छ।

भारतबाट अवैध रुपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै  गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद चक्लेट र भ्यानलाई आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ  भ्ने बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको  सशस्त्र प्रहरीले जानकारी दिएको छ।  गाडी चालक भने फरार रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्