काठमाडौं । १० दिनअघि त्रिशुली नदीमा बेपत्ता भएका रोहित रानाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
चितवनस्थित इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलबाट दुर्घटना भएर त्रिशुलीमा खसेर बेपत्ता भएका भारतीय सेनामा कार्यरत रानाको शवलाई आज बिहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीका अनुसार राना फागुन २ गते नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको अवस्थामा बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर नदीमा बेपत्ता भएका रानाको खोजीका लागि कुरिन्टारस्थित सशस्त्र प्रहरी तालिम केन्द्रबाट सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरीको गोताखोरको टोलीको अथक प्रयासपछि आज बिहान रानाको शव फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।