काठमाडौं । सशस्त्र प्रहरीले ३ ग्राम बढी ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल झापाले शुक्रबार राति ३ सय १ ग्राम ब्राउन सुगर दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
झापाको भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट महेशपुरले उनीहरुलाई उक्त ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र सुनसरीको रामधुनी नगरपालिका–३ सिंघिया बस्ने २७ बर्षीय रहेका छन् । उनीहरुलाई बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गस्तीमा रहेको टोलीले जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।