काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल प्रहरी प्रमुख आईजीपी बसन्त बहादुर कुँवरलाई बिदाइ गरेको छ।
सशस्त्र प्रहरी हेडक्वार्टरमा आयोजित समारोहका बीच सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले कुँवरको बिदाइ गरेका हुन् ।
सशस्त्र प्रहरीले प्रहरी प्रमुख कुँवरलाई हलचोकमा सलामी प्रदान गर्दै बिदाइ गरेको हो। भोलिबाट अनिवार्य अवकाश हुँदै गरेका आईजीपी कुँवरलाई बिदाइ गर्दै सशस्त्र प्रहरी प्रमुख अर्यालले सुखद भविष्यको कामना गरेका हुन् ।
२०७९ चैत १० मा आईजीपीमा नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पुरा गरेर भोलिदेखि अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमाण्ड गरे ।