काठमाडौं । सशस्त्र प्रहरीले एउटा गाडीसहित लाखौं रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको अवैध लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म जटहिबाट खटिएको टोलीले धनुषाको नगराईन नगरपालिका–५ गंगोलिबाट ७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा र ज १ च १३०० नम्बरको टाटा सुमो गाडी नियन्त्रणमा लिएको हो।
बरामद गरिएको अवैध लत्ताकपडा र गाडीलाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।