काठमाडौं । सशस्त्र प्रहरीले एकैपटक झण्डै ९ क्विन्टल बढी गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरीले उदयपुरको बेलका नगरपालिका–६ मुर्तीखोलाबाट करीव ८ सय ९१ किलो ४२३ ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ।
सशस्त्र प्रहरीका अनुसार वेवारिसे अवस्थामा लुकाईछिपाई राखेको ३९ पोकामा राखिएको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरको सुरक्षा फौजले बरामद गरेको हो ।
शनिबार राति बरामद गाँजाआई आवश्यक कारवाहीको लागि सम्बन्धित निकाय बुझाईएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।