काठमाडौं। सशस्त्र प्रहरीले ११ लाख रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी धनुषास्थित नम्बर ८ गणबाट खटिएको टोलीले धनौजी गाउँपालिका–४ भडरियाबाट ११ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
बिहीवार बरामद गरिएको सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।