काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरीले गाँजासहित एउटा जिपलाई नियन्त्रणमा लिएको छ ।बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउंपालिका-६ नमस्ते झरना स्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको जिपलाइ सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको थियो ।
सशस्त्र प्रहरीका अनुसार को २ प १७३४ नम्बरको जिप भागेपछी पिछा गर्ने क्रममा उक्त जिप अनियन्त्रित भएर दुर्घटना भएपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएको जिपलाई चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
जिप र गाँजा बरामद गरिए पनि चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले बरामद गरिएको गाँजा र जिपलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जानकारी दिएको छ।