नेभिगेशन
सशस्त्र प्रहरी

बर्दियास्थित सशस्त्र प्रहरी बल नं.३१ गणले विभिन्न कार्यक्रम गर्दै मनायो १८ औं स्थापना दिवस

निरक बिक/ बर्दिया  । सीमा सुरुक्षा र आन्तरिक सुरक्षामा तल्लीन सशस्त्र प्रहरी बल नं. ३१ गण  बर्दियाले  आफ्नो १८ औं स्थापना दिवस धुमधामका साथ मनाएको छ। 

सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यावासिनी बाहिनी प्रमुख डीआईजी प्रदीप कुमार पालको प्रमुख आतिथ्यता तथा  सशस्त्र प्रहरी बल नं. ३१ गणका एसपी मानबहादुर शाहीको  अध्यक्षतामा बुधबार गुलरियास्थित गणमा आयोजित स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल नं.३१ गणले जानकारी दिएको छ।

स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी पालले देश र जनाको सुरक्षाको लागि अहोरात्र खटिएर सशस्त्र प्रहरी बल नं.३१ गण बर्दियाले राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए।

साथै डीआईजी पालले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण , आन्तरिक सुरक्षा र राजस्व संकलनको अवधारणालाई प्राथमिकतामा राखी अझै प्रभावकारी ढंगले  संगठनको उद्धेश्य प्राप्तिको लागि उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी नं.३१ गणका गणपतिसहित सकल दर्जालाई निर्देशन दिएका थिए।

कार्यक्रममा उपस्थित अतिथिहरुले बर्दियाको सीमा  सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नं.३१ गण बर्दियाले पुऱ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए। उनीहरुले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नं.३१ गणले अझ बढी कटिबद्ध र ब्यवसायीक रही जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिई रहने विश्वास लिएको बताएका थिए।

सशस्त्र प्रहरी बल नं.३१ गणका अनुसार केक काट्नुका साथै बेलुन उडाएर सुरु गरिएको स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र बिभिन्न विधातर्फको खेलमा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो। 

'अन्तर्राष्ट्रिय सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा, सीमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, अबैध चोरी निकासी पैठारी बरामदी मात्र नभई जिल्ला भित्र जंगली जनावरहरुको आक्रमण, विभिन्न प्रकोप, दुर्घटनाहरुमा नागरीकको जीउधनको सुरक्षाको लागि अहोरात्र परिचालित भई समस्त बर्दिया जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम राख्नमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आइरहेको' ३१ नं. गण प्रमुख एसपी शाहीले १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै सो कुराको उल्लेख गरेका थिए।  

स्थापना दिवस कार्यक्रममा गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादव, ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्साल, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सुरक्षा निकाय प्रमुख, अन्य स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि ,पत्रकार, शहिद परिवार, पूर्व शस्त्र प्रहरी, गण तथा मातहतमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार सशस्त्र प्रहरी कर्मचारी तथा जवानहरुको उपस्थिती रहेको सशस्त्र प्रहरी बल नं.३१ गण हेडक्वाटर  बर्दियाले जनाएको छ।

सशस्त्र प्रहरी नं.३१ गणका अनुसार बिभिन्न साँस्कृतिक झलक लगायत अन्य कला कौशल समेत देखाइएको स्थापना दिवसको कार्यक्रम सन्चालन इन्स्पेक्टर पुष्प शर्माले गरेका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्