नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका ३ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

डुडवा (बाँके) बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको बिओपी गंगापुरले राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ।

गए राति साढे ८ बजे राप्तीसोनारी गाउँपालिका -६ र डुडुवा गाउँपालिका-५ को सिमानामा राप्ती नदीको भँगालोमा फसेका तीन जनालाई बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको १५ जनाको विपद व्यवस्थापनसहितको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

डुडुवा गाउँपालिकाको लागेको ठेक्कामा बालुवा लोडको काम  सकेर फर्कने क्रममा राप्ती नदीमा एक्कासी आएको बाढीले उनीहरुलाई बगाँएर भँगालोमा पुर्‍याएको थियो। राप्तीको भँगालोमा मानिसहरु फसेको खबर पाए लगत्तै उद्धार सामाग्रीसहित  बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको हो।

विपद व्यवस्थापनका माहिर सशस्त्र प्रहरी निरीक्षक भण्डारीको टोलीले करिब १ घन्टा लगाएर राप्तीसोनारी-५ का २७ वर्षीय सोन बहादुर थारु, खजुराका २० वर्षीय राजन बोहरा र राजापुर बर्दियाका २३ वर्षीय अमित थारुलाई  सकुशल राप्ती नदीबाट बाहिर ल्याएको हो।

उद्धार कार्यमा कम्दीस्थित इलाका प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय बाँकेको टोली र सशस्त्र प्रहरीको फत्तेपुरस्थित अप्पर पोस्ट लगायत उद्धार कार्यमा खटिएका थिए।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्