नेभिगेशन
सशस्त्र प्रहरी

यातायात बन्दलाई मध्यनजर गर्दै उपत्यकामा सशस्त्र प्रहरीले सन्चालन गर्‍यो नि:शुल्क बस सेवा

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि आज गते २ वटा बस संचालन गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गरिरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पु¥याउनको लागि सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा संचालन गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्