नेभिगेशन
सशस्त्र प्रहरी

२१ सय किलो गाँजासहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट आज बिहान सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलो गाजाँसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीका अनुसार भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो ।

गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् ।

बरामद गरिएको गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्