नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीका एआईजी ठाडा मगरले पाए दर्ज्यानी चिन्ह

काठमाडौं ।  सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले एआईजीमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई  दर्ज्यानी  चिन्ह प्रदान गरेका छन् ।मन्त्रिपरिषद् बैठकको असार २ गतेको निर्णय अनुसार डीआईजीबाट एआईजीमा बढुवा भएका ठाडा मगरले आईजीपी अर्यालबाट आज एआईजीको दर्ज्यानी चिन्ह पाएका हुन् ।

सशस्त्र प्रहरी प्रमुख अर्यालले  ठाडा मगरलाई बधाई दिदै बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने बताएका हुन्  ।

उनले दीर्घकालिन रुपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मुल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिदा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्ने बताए ।

अर्यालले भ्रष्टाचार एवं लैङ्गिक हिंसामा शुन्य सहनशिलता एवं मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा हरहमेशा कटिबद्ध तथा पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने बताउँदै आपसी भाईचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडी बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरीका एआईजी  नारायणदत्त पौडेल ,बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्