नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीको असईमा नाम निकालिदिने भन्दै लाखौं ठगी गर्ने सोम पक्राउ

काठमाडौं। सशस्त्र प्रहरी सहायक निरीक्षकमा (असई) नाम निकाली दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीको असईमा  नाम निकालीदिन्छु भनि पीडितलाई ई-सेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो।

उनलाई ठगी  सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्