नेभिगेशन
सशस्त्र प्रहरी

बिमचना खोलाको बाढीमा बेपत्ता भएकी कमलाको सशस्त्र प्रहरीद्वारा खोजीकार्य जारी

काठमाडौं । अविरल वर्षाका कारण नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीमा बेपत्ता भएकी ३२ वर्षिया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

यस्तै  सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा घाइते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ ल्याइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि  ६५ जना  सुरक्षा फौज उद्दारको लागि खटिएको छ ।

बेपत्ता कमलाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो खोललो पशुचौपाय लगायत अन्य सामान बगाएको छ ।

यसैगरी डोल्पा जिल्लाके काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाको कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षती भएको छ ।

उक्त स्थानमा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको  छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्