नेभिगेशन
सशस्त्र प्रहरी

भलुवाबाट ४ लाख रुपैयाँ बढीको चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–७ भलुवाबाट सशस्त्र प्रहरीले करीव ४ लाख २० हजार ४ सय २० रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले को २ त ५२७९ नंम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउदै गरेको १ सय ३२ बोरा चिनीसहितको ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल नंं.४ गण सुनसरीले नियन्त्रणमा लिएको होे । ट्याक्टरको चालक भने फरार रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको चिनी तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाइएको छ सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार  बरामद भएको चिनीको मूल्य ४ लाख २० हजार ४ सय २० रुपैयाँ र ट्याक्टरको १६ लाख रुपैयाँसहित भन्सार दाखिला मुल्य २० लाख २० हजार ४ सय २० रुपैयाँ कायम रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्