नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीद्वारा साढे १८ लाख रुपैयाँ बढीको अवैध कपडा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइएको साढे १८ रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी नं. १३ नम्बर गणबाट खटिएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३ सय ५५ रुपैयाँ बराबरका कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया र नदिया टोलका गोदामहरूबाट ती अवैद!लत्ताकपडा बरामद गरिएका हुन्। बरामद गरिएका सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार ८ सय ९० रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरेको पर्सा सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४ सय ८७ रुपैयाँ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरिएको छ।  साथै, सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४ सय ३ रुपैयाँ मूल्य बराबरका सामग्री राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्