नेभिगेशन
सशस्त्र प्रहरी

पोखरीमा डुबेका गणेशको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौं । धनुषाको धनुष सागर पोखरीमा डुवेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका जनकपुर उपमहानगरपालिका–२५ लोहना बस्ने २० वर्षिय गणेश मण्डलको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

मानसिक सन्तुलन ठिक नभएका गणेश आज एकाबिहानै पौने १ बजे पोखरीमा हामफालेर पोखरीमा  डुवेका थिए। 

घटना भए लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्