काठमाडौं । सशस्त्र प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाई छिपाई राखेको १ हजार ३ सय २० केजी काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको टोली तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।
उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन ।
बरामद काजुलैइ आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।।