नेभिगेशन
सशस्त्र प्रहरी

महाकाली नदिबाट बाँकेको शम्शेरगन्जका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

दार्चुला । दार्चुलास्थित महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदिको बिचमा अड्किएका पुरुषलाई सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

बाँकेको शम्शेरगञ्ज अमेलिया बस्ने ३५ बर्षिय बिक्रम केसी नदिको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा सशस्त्र प्रहरीले आज उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ

घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले केसीलाई सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्