काठमाडौं । सशस्त्र प्रहरीले ७ क्विन्टल बढी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीले सिरहको सुखीपुर नगरपालिका–४ पोखरीयाबाट करीव ७ सय १७ किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार आज सुखीपुरको एक घरको विभिन्न कोठामा लुकाईछिपाई राखेको २७ वटा पोकामा प्लाष्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।
सो स्थानमा गाँजा लुकाई छिपाई राखेकाे छ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखीपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद गाँजालाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।