काठमाडौं । सशस्त्र प्रहरीले लाखौं रुपैयाँको अवैध लत्ताकपडा सहितको एउटा अटोलाई नियन्त्रणमा लिएको छ।
मोरङ्गको विराटनगर महानगरपालिका-१६ स्थित दरैयाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले ९ लाख ९० हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहितको अटो रिक्सा र चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरीले नियन्त्रण लिएका सबै अवैध सामग्री, अटो र चालकलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको जनाएको छ।