नेभिगेशन
सशस्त्र प्रहरी

झण्डै १४ लाख रुपैयाँको कपडासहित ३ वटा मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले झण्डै १४  लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडासहितको ३ वटा मोटरसाइकल  नियन्त्रणमा लिएको छ ।

सुनसरीको गढी गाउँपालिका–२ स्थित औरावनीबाट को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८ र को ३ प १२० नम्बरको मोटरसाइकलहरुमा राखेर भारतबाट अबैध रुपले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको १३ लाख ९४ हजार १ सय रुपैयाँ  बराबरको लत्ताकपडालाई सशस्त्र प्रहरी बल न्. ४ गण सुनसरीले बरामद गरेको हो । 

लत्ताकपडा ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीको गस्ती टोलीलाई टाढैबाट देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडेर भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएको ३ वटै मोटरसाइकल तथा लत्ताकपडा आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी सुनसरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्