काठमाडौं । सशस्त्र प्रहरीले झण्डै १४ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडासहितको ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
सुनसरीको गढी गाउँपालिका–२ स्थित औरावनीबाट को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८ र को ३ प १२० नम्बरको मोटरसाइकलहरुमा राखेर भारतबाट अबैध रुपले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडालाई सशस्त्र प्रहरी बल न्. ४ गण सुनसरीले बरामद गरेको हो ।
लत्ताकपडा ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीको गस्ती टोलीलाई टाढैबाट देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडेर भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
नियन्त्रणमा लिइएको ३ वटै मोटरसाइकल तथा लत्ताकपडा आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी सुनसरीले जनाएको छ।